नियम ९५
अभिलेख सम्बन्धी व्यवस्था
(१) प्रहरी कर्मचारीको नोकरी सम्बन्धी व्यक्तिगत अभिलेख प्रहरी किताबखानामा रहनेछ ।
(२) प्रहरी कर्मचारीको अभिलेख सम्बन्धमा प्रहरी किताबखानाले देहाय बमोजिमको कार्य गर्नेछ ः-
(क) पद दर्ता गर्ने,
(ख) प्रहरी कर्मचारीहरूको नियुक्ति, वढुवा, पुरस्कार, विभागीय सजाय, शैक्षिक योग्यता, तालीम, औषधि उपचार लगायत प्रहरी कर्मचारीको व्यक्तिगत विवरण सहितको अभिलेख राख्ने,
(ग) सेवा निवृत्त प्रहरी कर्मचारीको निवृत्तिभरण अधिकारपत्र जारी गर्ने,
(घ) सेवा निवृत्त प्रहरी कर्मचारीको निवृत्तिभरण अधिकारपत्रमा संशोधन गर्ने, प्रतिलिपि दिने,
(ङ) सेवा निवृत्त प्रहरी कर्मचारीको उपदानको अड्ढ किटान गरी सम्बन्धित निकायमा पठाउने,
(च) औषधि उपचार रकम किटान गर्ने,
(छ) पारिवारिक निवृत्तिभरण, अशक्त निवृत्तिभरण, सन्ततिवृत्ति, शैक्षिकवृत्ति आदिको अधिकारपत्र जारी गर्ने,
(ज) पारिवारिक निवृत्तिभरण पाउने व्यक्तिको यकिन गर्ने र अधिकारपत्र नामसारी गर्ने
(झ) वैयक्तिक नोकरी विवरण दर्ता गर्ने र प्रमाणित गर्ने,
(ञ) नोकरी जोड्ने,
(ट) तलबी प्रतिवेदन पारित गर्ने,
(ठ) अभिलेखमा विवरण फरक परेमा जा“चबुझ गरी यकिन गर्ने,
(ड) प्रहरी कर्मचारी बहाल छ“दै औषधि उपचार वापत लिएको रकमको अभिलेख राख्ने,
(ढ) सम्पत्ति विवरणको अभिलेख राख्ने ।
(ण) नियम ६३ को उपनियम (२) बमोजिम बर्खास्त गरिएका प्रहरी कर्मचारीको अभिलेख राख्ने ।